You are viewing the translated version of बैँकले निरीक्षण तथा जाँचबुझ गर्न सक्ने.
Rule 7
बैँकले निरीक्षण तथा जाँचबुझ गर्न सक्ने
(१) बैंकले संस्थाको जुनसुकै कार्यालय जुनसुकै बखत स्थलगत वा बैंकमा नै कागजात झिकाई निरीक्षण वा जाँचबुझ गर्न वा गराउन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम निरीक्षण वा जाँचबुझ गर्ने अधिकारीले मागेको हिसाव किताव, कागजात र संस्था सम्बन्धी आवश्यक सूचना दिनु संस्थाका सम्बन्धित पदाधिकारी तथा कर्मचारीको कर्तव्य हुनेछ ।
(३) उपनियम (१) बमोजिम निरीक्षण वा जाँचबुझको क्रममा देखिएको कुराहरुको सम्बन्धमा बैंकले आवश्यक निर्देशन दिन सक्नेछ र यस्तो निर्देशन पालना गर्नु सम्बन्धित संस्थाको कर्तव्य हुनेछ ।
(४) निरीक्षण वा जाँचबुझको सिलसिलामा निरीक्षण वा जाँचबुझ गर्ने अधिकारीले संस्थाको पदाधिकारी, कर्मचारी वा ग्राहकसंग लिखित वयान लिन वा कागज गराउन सक्नेछ ।